एक साता पछाडी सर्यो ‘हेल्लो जिन्दगी’, टर्यो ‘आरआरआर’सँगको भिडन्त



रंगखबर, काठमाडौँ – चैत ११ रिलिज मिति घोषणा गरेर प्रचारका सामाग्री सार्वजनिक गरिसकेको फिल्म ‘हेल्लो जिन्दगी’ एक साता पछाडी धकेलिएको छ ।

निर्माण पक्षले होलीको शुभकामना दिदै नयाँ रिलिज डेटसहितको पोस्टर पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा चैत १८ रिलिज डेट छापिएको छ ।

एक साता पछाडी सार्दै एभरेस्ट सुर्य बोहरा निर्देशित फिल्मले ‘आरआरआर’सँगको भिडन्त टारेको छ । ११ गते नै रिलिज हुँदा फिल्मले ‘आरआरआर’ जुध्नु पर्ने थियो ।

सत्य कथामा आधारित भनिएको फिल्ममा प्रियंका कार्की, विक्रम जोशी, दीपिका प्रसाईं, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, एभरेस्ट सुर्य बोहराको अभिनय छ ।

वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा हिराल जोशी र विक्रम जोशीको लगानी छ ।

निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा/संवाद रहेको फिल्ममा राजनराज सिवाकोटी/एलिश कार्कीको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्