प्रदर्शन मिति तोक्दै छायांकनमा निस्कियो ‘परस्त्री’ टिम



रंगखबर, काठमाडौँ – निर्मात्री शर्मिला पाण्डेले निर्माण गर्न लागेको नयाँ फिल्म ‘परस्त्री’को शुभमुर्हूत सम्पन्न भएको छ ।

आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा पूजा गर्दै निर्माण टिम छायांकनको लागि तयार भएको हो । निर्मात्री पाण्डेका सुपुत्र सुरज पाण्डेले यो फिल्मबाट निर्देशकीय यात्रा सुरु गर्दैछन ।

उनले यसअघि फिल्म ‘लभ लभ लभ’मा मुख्य कलाकारको भूमिका निर्वाह गरेका थिए ।

शुभमुर्हूतमा फिल्मको रिलिज डेटपनि घोषणा गर्दै निर्माण पक्ष आइतबारै मुस्ताङ प्रस्थान गरेको छ । २०७९ सालको तिहार लक्षित गर्दै कार्तिक ६ लाई रिलिज तोकेको फिल्म मुस्ताङमा १० दिन खिचिनेछ ।

गीत छायांकनको १० दिने सेड्युलपछि निर्माण पक्ष काठमाडौँ फिर्नेछ । काठमाडौँमा ३० दिने छायांकन सेड्युल तय गरिएको छ ।

नेपाली र हिन्दी भाषा निर्माण गरिने फिल्ममा दीपेन्द्र के खनालको लेखन रहनेछ ।

डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्