पल शाहका म्यानेजरपनि पक्राउ



रंगखबर, काठमाडौँ – नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर पक्राउ परेका छन् ।

शाहका म्यानेजर कृष्ण जोशीलाई बलात्कार घटनामा मतियारको भूमिका खेलेको भन्दै तनहुँबाट जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो ।

कृष्ण तिनै व्यक्ति हुन्, जसलाई अभिनेता शाहले आफुलाई फसाउन गरिएको योजनाकार भनेका थिए । दुर्गेश थापासहितको अडियो कलमा उनि पनि संलग्न थिए ।

फागुन ११ मा एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्