रंगखबर,काठमाडौँ – बलिउड प्लेब्याक सिङ्गर नेहा कक्कर अभिनेता हिमांश कोहलीसँगको ब्रेकअप पिडाबाट थिग्रिने प्रयासमा छिन् । हिमांशसँगको चार बर्षे लामो प्रेम सम्वन्ध केहि समय अगाडी टुटेको थियो ।
त्यसपश्चात नेहा निक्कै पिडामा थिइन् । कतिले उनि डिप्रेसनमा पनि जान सक्ने अनुमान गरेका थिए । तर, समय परिवर्तन भएसँगै नेहा पनि बदलिन थालेकी छन् । सामाजिक संजालमा उनले शेयर गर्ने तस्विर र क्याप्सनले पिडाबाट थिग्रिने कोशिसमा रहेको संकेत गर्छन ।
भर्खरै शेयर गरेको पुरानो तस्विरमा उनले लेखेकी छन् ‘महिलामा पनि फरक निखार आउँछ, जब उसलाई सहि ट्रिट रा प्रेम गरिन्छ ।’
Women Glow Differently When They are Treated Right and Loved Properly! ♥️? #PositiveVibesOnly ?? #Happy pic.twitter.com/ReiqzbuAwD
— Neha Kakkar (@iAmNehaKakkar) December 19, 2018
नेहाले हिमांशसँग केहि म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन् । जब हिमांशसँगको प्रेमले मिडियामा स्थान पाउन लाग्यो, तब नेहाले ‘इण्डियन आइडल’को मंचबाटै हाँसी-खुसि प्रेम स्वीकारेकी थिइन् । तर, नेहालाई के थाहा ४ वर्ष पछि विछोडको घडी पनि आउनेछ ।
अर्को तस्विरमा उनि लेख्छिन ‘यदि तपाई कसैलाई विना मुस्कानको देख्नु हुन्छ, आफ्नो मुस्कान उसलाई दिनुस ।’ नेहाले एक अन्तर्वार्ताका क्रममा हिमांशलाई नचिन्ने समेत बताइसकेकी छन ।
If You See Somebody Without a #Smile , Give Them One Of Yours!! ?♥️ pic.twitter.com/l1TfJBToYt
— Neha Kakkar (@iAmNehaKakkar) June 25, 2018
उनि अब हिमांशको बारेमा कुरा गर्न चाहना राख्दिनन् । एक अन्तरवार्तामा उनले भनिन् ‘को हिमांश ? तपाई कस्को कुरा गर्दै हुनुहुन्छ ? म कोहि हिमांश नामको मान्छेलाई चिन्दिन ।
नेहा अहिले गायकी करिअरको स्वर्णिम घडीमा छिन् । वर्तमान समयमा बलिउडका सर्वाधिक गीत उनैले गाइरहेकी छन् ।