रंग खबर, काठमाडौँ | एलजी फिल्म अवार्डको पहिलो संस्करण राजधानी स्थित आर्मी अफिसर्स क्लवमा सम्पन्न भएको छ । एलजी अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड दयाहाङ राईले ‘कबड्डी कबड्डी’बाट उचाले भने उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘क्लासिक’बाट नम्रता श्रेष्ठले पाइन् । नम्रताको यो सालको यो चौंथो अवार्ड हो ।
त्यस्तै पपुलर हिरोको अवार्ड अनमोल केसीले पाउदा रेखा थापाले पपुलर हिरोइनको अवार्ड हात पारिन । उत्कृष्ट निर्देशकको अवार्ड ‘पशुपति प्रसाद’बाट दिपेन्द्र के खनालले पाउदा बर्षकै उत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’ घोषित भयो । अभिनेत्री करिश्मा मानन्धरलाई ‘डिकेड अफ द् इयर’ बाट सम्मानित गरिएको थियो ।
प्रमुख अतिथि सत्रुघन सिन्हा रहेको समारोहमा सत्रुघन र उपराष्टपति नन्दबहादुर पुनले उद्धवराज भटटराईलाई रु.५१ हजारको चेक सहित लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मान गरे। अवार्डमा आफ्नो वायोपिक पुस्तक विमोचन गर्दै सत्रुघनले नेपाल र नेपालीको बारेमा प्रसंसा गरेका थिए । कार्यक्रममा सुष्मा कार्की, शिव श्रेष्ठ, रुवी राणा, सम्पदा वानियाँ लगाएतका कलाकारले प्रस्तुति दिएका थिए ।
हेर्नुस अवार्ड विजेताको नामावली:-
उत्कृष्ट पोस्टरः वडा नम्बर ६ (सुन्दर श्रेष्ठ)
उत्कृष्ट ट्रेलरः भैरव (साहिल खान)
उत्कृष्ट स्टण्टः भैरव (सिम्पसन तामाङ
उत्कृष्ट कपल अफ दि ईयरः प्रेमगीत, ( प्रदिप खड्का, पूजा शर्मा)
उत्कृष्ट भिएफएक्सः च्याम्पियन (अक्की शर्मा, सत्यम राना)
उत्कृष्ट कलरिष्टः क्लासिक, अनन्त घिमिरे
उत्कृष्ट पपुलर गीतः सुर्के थैली (वडा नम्बर ६)
उत्कृष्ट व्याकग्राउण्ड स्कोररः एलिस कार्की (प्रेमगीत)
उत्कृष्ट एक्शन निर्देशकः हिमाल केसी (भैरव)