रंग खबर, काठमाण्डौँ । अभिनेत्री खुश्बु खड्का र गीतकार अशोक केसीको अभिनय रहेको ‘म मरेको पल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शिवदर्शन डिजिटलको प्रस्तुती रहेको लोक फ्लेभरको यस गीतको शब्दरचना अशोककै रहेको छ । दोलखा, डाडाखर्कका अशोक केसी हाल रोजगारीको शिलसिलामा प्रवासमा छन् । उनले प्रवास मलेसियाबाटै सांगीतिक यात्रालाई अघि बडाउँदै आएका छन् । प्रेम वियोगान्त भावमा रहेको ‘म मरेको पल’ अशोकले आफ्नै जीवन घटनामा आधारित भनेका छन् ।
