रंग खबर, काठमाण्डौं । नेपाली चलचित्रकर्मीहरुको सिप, क्षमता र अनुभवलाई सम्बृद्ध गर्ने तथा ‘नयाँ सिनेमा आन्दोलन’ मार्फत नेपाली चलचित्रको रुपान्तरणको लागी अखिल नेपाल चलचित्रकर्मी संगको आयोजनामा रोल्पा सदरमुकाम लिवाङमा ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०७१’ हुने भएको छ । भारत तथा ईजिप्ट लगायतका देशका सिनेकर्मीले प्रशिक्षण दिने कार्यशाला आगामी माघ २२ देखी फागुन १ गतेसम्म चल्ने संघले जानकारी गराएको छ ।
कार्यशालाको विषयमा जानकारी दिन सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजनाको उद्देश्य तथा आवश्यकताको बारेमा संघका अध्यक्ष केपी पाठकले पत्रकार तथा उपस्थित व्याक्तित्वहरुमाझ जानकारी गराएका थिए । यो कार्यशालाको लागी भारतबाट चलचित्र लेखक तथा समिक्षक, निर्देशक शेखर दास र ईजिप्टका चलचित्र लेखक, सकिक्षक तथा सम्पादक प्राध्यापक सफा एलाएसी हगाग आउने निश्चित भईसकेको आयोजकले जनाएको छ भने छिमेकी देश चीन र अर्को मित्र राष्ट्र क्युवाबाट पनि केहि सिनेकर्मी प्रशिक्षणको लागी ल्याउन गरिएको पहल अन्तिम चरणमा पुगेको अध्यक्ष पाठकले बताए ।
उक्त कार्यशालामा ५० जना सिनेकर्मीहरुको सहभागिता रहने बताईएको छ । जसको लागी पौष १५ अर्थात यही मंगलवारबाट आवेदन फारम खुल्नेछ । कार्यशालामा १० जना चलचित्र बिधामा कलम चलाईरहेका पत्रकारहरुको पनि सहभागिता रहनेछ ।
विदेशी चलचित्रले स्थापित गरेको सांस्कृतिक तथा मनोवैज्ञानिक प्रभावलाई न्युनिकृत गरी नेपाली कला, संस्कृती र राष्ट्रियतालाई स्थापित गर्न सकिन्छ भन्ने धारणा साथ अघी बढाएको ‘सिनेमा आन्दोलन’ सहित संस्था अघी बढेको र यसैको केन्द्र वरपर रहेर यो प्रकारको कार्यशाला सहितका अन्य कार्यक्रम आगामी दिनमा समेत गर्दै जाने संघका उपाध्यक्ष तथा उत्पादक तथा निर्देशक विभाग संयोजक एमएस अग्रजले बताए ।